कोरियामा नेपाली स्वाभिमान सपना : मिहिनेत र संभावनाको यात्रा

दक्षिण कोरिया। पूर्बी एसियाको समृद्ध आधुनिक र प्रबिधिमा अग्रणी एक देश दक्षिण कोरिया।
सामसुङ, हुण्डाई, के पप, किम्ची नामले चिनिने दक्षिण कोरियाले शुरुवाती चरणमा बिदेशी कामदार इन्डस्ट्रीयल ट्रेनिङ स्किममार्फत सन् १९९३ बाट सुरु गरेता पनि यसलाई प्रतिस्थापन गरि सन् २००४ मा कोरियाको श्रम मन्त्रालयमार्फत रोजगार प्रक्रिया प्रणाली सुरु गरेको तीन बर्ष पश्चात सन् २००७ डिसेम्बर २३ मा नेपाल र कोरियाबीच औपचारिक रुपमा “एमओयु” हस्ताक्षर भयो।
रोजगार प्रक्रिया प्रणाली पहिलो पटक नेपालमा सन् २००८ मा सुरु भयो, जसमा बत्तीस हजार युवाले आबेदन दिएका थिए। जहाँ हेटौंडाको मध्यम परिवारमा जन्मिएका एक अल्लारे युवक प्रशान्तराज बानियाँसमेत सामेल थिए।
भौगोलिक रुपमा एउटा अत्यन्तै बिबिधता भएको देशबाट पर्वतीय भू-भाग भएको बिकसित देशमा रोजगार प्रक्रिया प्रणालीको भाषागत परीक्षा उत्तीर्ण भएपछि धन कमाउने सपना बोके र जिन्दगीलाई अर्को मोडमा लैजाने आँट राख्दै एउटा झोलामा आशा र भरोसाका बोकेर कोरिया प्रबेश गरेका बनियाँलाई न राम्रोसँग भाषा आउँथ्यो न देशको चालचलन। तर मनमा एउटा ढृढ संकल्प थियो केही गरिछाड्ने।
कोरियाको पहिलो दिन अचेलको जस्तो अनुवाद सेवा थिएन। कारखानाको धुलो, मेसिनको चर्को आवाजसँगै मेसिनसँगको सामिप्यता, मालिकको चिच्चााहट, सहकर्मीको कन्फ्युजनबीच आशुका पीडा! हरेक दिन उनका पीडा एकपछि अर्को गर्दै थपिए। तर आफ्नो जिम्मेवारी घटाएनन्।
नेपाली समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा उपस्तिथसहित आर्थिक, नैतिक समर्थन गर्ने उनले केही संस्थाको नेतृत्वसमेत गरेका छन्। दुर्भाग्यबस उनै नेपाली समुदायमा परिचित बानिया कार्यस्थलमा दुर्घटनामा परे।
‘हस्पिटलको करिब ४५ दिनको बसाई पश्चात पूर्णरुपमा निको हुन नपाउँदै मैले नियमित रुटिनमा फेरि धुलो, कन्फ्युजन, चिच्चाहट थपिन पुगेँ,’ भावुक मुद्रामा उनी बताउँछन्।
तत्कालीन हेटौंडा नगरपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत होमबहादुर बानियाँ तथा आमा भवानी बानियाँका कान्छा सुपुत्र प्रसान्त एउटा ईपिएस कामदारको रुपमा अन्य युवा सरह कोरियामा आउनु नौलो कुरा थिएन।
नौलो यो थियो कि, एउटा अल्लारे युवक एक दशकमा कोरियन भाषा कक्षा, कामदार अधिकार र कोरियन संस्कृतिका बिषयमा दक्षता हासिल गर्न उसले गरेको मेहनत, देखेको सपनासँगै उसले गरेको संघर्ष र त्यसबाट प्राप्त सफलताले आर्थिक सहयोग तथा बिकास संगठनमा आबद्ध देशहरु मध्य उच्च जिएनआई भएको देश दक्षिण कोरियाको नागरिक बन्न सफल भए।
अर्थात् प्रशान्तराज बानियाबाट जेम्यङछल। सगरमाथाको देशको नागरिक गैह्र आवासीय नेपाली हुँदा के खुसी हुनु? हाम्रो प्रश्न थियो। अहँ उनी रत्तीभरि डगमगाएनन्। भन्छन्, ‘अलिकति प्रगती गर्दैमा आफ्नो जन्मभूमी, आफनो राष्ट्रियतालाई तिलाञ्जलि दिनको यो भिडमा मैले देश त्यागेको भनेको छु र?’
उनी थप्छन्, ‘सगरमाथाको नामबाट चिनिने देशको नागरिक म अबैधानिक रुपमा मेरो बसाईलाई लब्याउन चाहिनँ। मैले बैधानिक बाटो रोजेँ। तर सास रहुन्जेल जिम्मेवारी नबिर्सने राष्ट्रप्रति मैले प्रतिज्ञा गरेको छु।’
कोरियाको राजधानी सोलदेखि झण्डै चार सय किमी टाढा देशको दक्षिण पूर्बी भागमा अबस्थित ऐतिहासिक रुपमा गया राज्यको राजधानीको रुपमा परिचित खिमे शहरमा आफ्नो ब्यबसाय बिशेष गरि नेपालीलाई केन्द्रित गरि कोरियाको बसाईलाई बैधानिक रुपमा भिषा परिबर्तन गराउन मद्दत गर्ने सेवालगाएत नेपाली गोर्खा किचन खोलेर ब्यापारमा रमेका उनको गोर्खा किचन एउटा रेष्टुरेन्टमा मात्र सीमित छैन।
यो एउटा नेपाली स्वाद, पहिचान र आत्मियता बोकेको स्थान बनेको गोर्खा किचन ब्यापारमा मात्र सीमित नभएर एउटा सपना देख्ने मानिसले आफ्नो परिश्रमबाट बनाएको कथा आशा र भरोसाका असीमित चाहाना बोकेर खाडीमा मात्र होइन युरोप अमेरिका जाने युवाहरुलाई समेत प्रेरणा बन्न सक्छ।
संबादलाई अन्त्य गर्दै हामीले अन्तिम प्रश्न गरिहाल्यौं, “हरेक मानिसका आफ्ना आफ्ना कथा हुन्छन् रुवाउने, हसाउने, भावुक बनाउने तर तपाईंको आफूलाई मात्र खुसी दिने जेम्यङछल बनेको कथा रहेछ मातृभूमीले के पाउँला?”
उनी गम्भिर मुद्रामा भन्छन्, “मेरो सफलता केवल म बन्नु क्षणिक हा।े मैले मेरो जन्मभूमि सोच्नु पर्छ अबको ध्यान केन्द्रित छ। मेरो जन्मभूमितर्फ, केही समय ढिलो होला तर मेरो लक्ष्य निकट भबिष्यमा नेपालमा कृर्षि र होटल क्षेत्रलाई जोड्ने आर्गनिक फर्म–टुरिज्म प्रोजेक्ट सुरु गर्ने रहेको छ। यसलाई मूर्तरुप दिनेनै छु। म कोरियाबाट नाफामात्र होईन प्राबिधिक सिस्टमपनि नेपाल फर्काउन चाहन्छु।”
Facebook Comment