कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन्।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पश्चात उनले संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर टुङ्गोमा पुगेको विषय ठयाक्कै उल्टो आएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए।
यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्ने पनि उनको भनाई छ।
उनले भने, ‘कुलिङ पिरियडको कुरा मैले हिजो बिहान नै राखेको थिए यसमा संसदीय तहको छानबिन समिति बन्नु पर्छ। यसलाई हामीले सदनमा मिलाउने काम त गरि हाल्छौँ तर संसद जस्तो ठाँउमा ४ महिना लिएर सांसदहरुले छलफल गरेर बल्ल टुङ्गोमा पुगेको छ तर त्यो विषय ठयाक्कै उल्टो आएको छ। यो त रातलाई दिन बनाएको जस्तो छ। यसमा छानबिन पनि हुनुपर्छ र को को सहभागि छन् उनीहरुलाई कारबाही हुनुपर्छ। यसमा माथिल्लो तहको कर्मचारी भएपनि कडा रुपमा छानबिन र कारबाही हुनुपर्छ।’
यस्तै, उनले काङ्ग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पुर्याउन नसकेको भन्दै यसको लागि प्रचार विभागले व्यवस्थित तरिकाले काम गर्नुपर्ने बताए।
उनले भने, ‘काङ्ग्रेसले गरेको कतिपय कामहरु जनता सामु लान सकेका छैनौ। जनतामा काङ्ग्रेसको उपस्थिती एकदमै कम र सूचना पनि बीचमा परिवर्तन हुने गरेको छ। काङ्ग्रेस बारे सत्य तथ्य कुरा जनता सामु पुर्याउन सकेका छैनौ। हामीले सामाजिक सञ्जाल, मिडियालाई दोष दिएर मात्र हुदैँन्। यो हाम्रो पनि गल्ती हो हाम्रो प्रचार विभाग व्यवस्थित तरिकाले पनि चलाउनु पर्ने हो।’







डिसी नेपाल







Facebook Comment