प्रदेश सभामा एमाले नेता थपलिया निदाएको तस्बिर भाइरल

डिसी नेपाल
२० असार २०८२ १२:३०
116
Shares

हेटौंडा। बागमती प्रदेश सभाको बैठकका क्रममा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको निदाएको तस्बिरले चर्चा पाएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका बीचमा नेता थपलिया निदाएको अवस्थामा क्यामेरामा कैद भएका हुन्। बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन्।

सार्वजनिक भएको तस्बिरले सामाजिक सञ्जालमा चासोको विषय बनिरहेको छ। प्रदेश सभा जस्तो संवैधानिक निकायमा जनप्रतिनिधिको यस्तो व्यवहारप्रति कतिपयले आलोचना गरेका छन्।

नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित नेता थपलियाले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *