मनमोहक धरहरा र सुनधारा क्षेत्र (तस्बिरहरू)
काठमाडौं । २०७२ सालको भूकम्पले भीमसेन स्तम्भको नामले परिचित सुनधारास्थित धरहरा ढालिदियो। त्यसपछि सरकारले सोही स्थानमा सोही आकृतिको धरहरा निर्माण गर्यो।
उक्त धरहराको सरकारले २०८१ असोज ३ गते संविधान दिवसको अवसर पारेर धर्वसाधारणका लागि अस्थायी रुपमा खुला गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए।
त्यतिबेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायतका संरचना भने बनाउन बाँकी नै थियो।
६ पटकसम्म म्याद थप गरेर निर्माण भएको धरहरा यतिबेला पूर्ण रुपमा ठडिएको छ। यतिबेला धरहरा चढ्न दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन्।
धरहराबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यतिबेला असारे झरीले प्रदूषण पखाल्दा काठमाडौंको दृष्य थप मनमोहक देखिने गरेको छ।








No ads found for this position

डिसी नेपाल
Facebook Comment