स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका हुन्।
स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्किएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिए।
अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो।
मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment