नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसन: अध्यक्षमा बम, सह-अध्यक्षमा चिमोरिया

डिसी नेपाल
२२ असार २०८२ १८:३८
36
Shares

काठमाडौं । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम अधिवेशन तथा साधारण सभाले खगेन्द्र सिंह बमलाए अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ ।

ललितपुरको एकान्तकुनामा सम्पन्न अधिवेशनले संस्थाको सह अध्यक्षमा कुमार चिमोरिया, वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा लक्ष्मण बन्जारा, महासचिवमा प्रकाश बस्नेत, उपमहासचिवमा राजेन्द्र कुमार राउत, सचिवमा नेत्र कटुवाल र कमल गौतम, कोषाध्यक्षमा जोतिमान बानियाँ र सह-कोषाध्यक्षमा सन्तोष न्यौपानेलाई चयन गरिएको सह-अध्यक्ष कुमार चिमोरियाले जानकारी दिए ।

संस्थाको केन्द्रीय सदस्यहरूमा रोशन पौडेल, विनोद त्रिपाठी, जयराम अधिकारी, सुनिल पुरी, राजकुमार डङ्गोल, भूपेन्द्र भण्डारी, रामबहादुर बस्नेत, अमन लामा, शम्भु घिमिरेलगायत चयन भएका छन् ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, वरिष्ठ पत्रकार ऋषि धमला, नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, यातायात व्यवसायी, यातायातका कर्मचारी, कलाकार लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *