केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो
फाइल तस्विर
काठमाडाैं। बर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपद्बाट क्षति पुगेकाे विषयलाइ लिएर गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक डाकेको छ।
रसुवामा बाढीका कारण नागरिकहरु सम्पर्कबिहीन हुनुका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुर्नस्थापना विषय छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।
भोटेकोसी नदीमा आएको बाढीले रसुवामा क्षति पुगेको छ। त्यसैगरी गृह मन्त्रालयले मंगलबार बिहान त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको उद्धार गरेको छ। गृहले नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोटको बिदुर नगरपालिका-९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्दार गरेको जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment