मंगलबार सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

डिसी नेपाल
२० असोज २०८३ ११:००

काठमाडौं। नेपाली बजारमा मंगलबार (असोज २० गते) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार तोकिएको मूल्यमै मंगलबार पनि सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य सोमबारकै कायम रहँदै प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो भने आइतबार २ हजार ८०० रुपैयाँले घट्दै प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, मंगलबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको थियो भने आइतबार ६० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *