ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक

डिसी नेपाल
१९ असोज २०८३ १४:३५

काठमाडौं। नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले “दशैं विथ ब्ल्याक+डेकर” नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ।

असोज ११ गतेदेखि लागू भएको यो योजना “Stylish Living. Smart Choices.” भन्ने मूल नाराका साथ बजारमा ल्याइएको हो। यस अभियानमार्फत प्रिमियम घरेलु उपकरण खरिद गर्ने ग्राहकले आकर्षक पक्का उपहारदेखि बम्परमा विदेश भ्रमणसम्मको अवसर प्राप्त गर्नेछन्।

अमेरिकाको नम्बर एक ब्रान्डका रूपमा ११६ वर्ष लामो इतिहास बोकेको र प्रिमियम ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल ब्ल्याक+डेकरले नेपाली उपभोक्ताको चाडपर्वलाई थप उल्लासमय र सुविधाजनक बनाउने उद्देश्यले यो बृहत् अफर प्रस्तुत गरेको हो।

यस योजनाअन्तर्गत ब्ल्याक+डेकरका तोकिएका उत्पादनहरूको खरिदमा ग्राहकले इलेक्ट्रिक केटल, एप्रोन र एरोमा किट जस्ता आकर्षक पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्। यसका साथै, योजना अवधिभर हरेक १५ दिनमा सञ्चालन गरिने पाक्षिक लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले ब्ल्याक+डेकरको मिक्सर (मोडेल: MG550-IN) प्राप्त गर्नेछन्।

लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकले विज्ञापन वा आधिकारिक स्टोरहरूमा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आफ्नो आवश्यक विवरण दर्ता गराउनुपर्ने प्राविधिक व्यवस्था गरिएको छ।

यस अफरको मुख्य आकर्षणका रूपमा रहेको बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेतालाई भियतनाम भ्रमणको अवसर प्रदान गरिनेछ। बम्पर उपहारको लक्की ड्रमा सहभागी हुनका लागि पनि ग्राहकले बिक्री केन्द्र वा विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरेर विवरण दर्ता गराउनुपर्नेछ। आफ्ना उत्पादनहरूको उच्च गुणस्तरको ग्यारेन्टी गर्दै कम्पनीले ब्ल्याक+डेकरका सम्पूर्ण उपकरणहरूमा दुई वर्षको रिप्लेसमेन्ट वारेन्टीसमेत उपलब्ध गराएको छ।

असोज ११ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको यो आकर्षक योजना नेपालभर रहेका २२ वटा अत्याधुनिक सिजी डिजिटल शोरुम, छ वटा एलजी ब्रान्ड शप, कम्पनीको फराकिलो आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन पोर्टल cgdigital.com.np मार्फत ग्राहकहरूले सहजै प्राप्त गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *