महालक्ष्मी विकास बैंकको “महालक्ष्मी महा सोमबार” अफर सार्वजनिक
काठमाडौं। ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले “महालक्ष्मी महा सोमबार” नामक विशेष योजना सञ्चालनमा ल्याएको छ।
सुरक्षित तथा नगदरहित बैंकिङ कारोबारलाई बढावा दिन र ग्राहक सुविधामै अभिवृद्धि गर्ने लक्ष्यका साथ बैंकले यो नयाँ योजना सुरु गरेको हो।
यस योजनाअन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले हरेक सोमबार ई-कमर्स प्लेटफर्म दराज (Daraz) मार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार डेबिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले दराज नेपालमार्फत कम्तीमा रु. १,९९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० सम्म छुट पाउनेछन्। त्यसैगरी, क्रेडिट कार्डवाहक ग्राहकहरूले न्यूनतम रु. १,९९९ बराबरकै अनलाइन खरिदमा १५ प्रतिशत वा अधिकतम रु. १,००० सम्मको छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
यो छुट सुविधा हरेक हप्ताको सोमबारका दिन मात्र लागू हुने बैंकले जनाएको छ। यो अफर सीमित संख्यामा तथा ‘पहिलो आउनेलाई प्राथमिकता’ (First Come, First Served) को आधारमा उपलब्ध गराइने भएकाले ग्राहकहरूलाई हरेक सोमबार समयमै खरिद गरी योजनाको लाभ लिन बैंकले आग्रह गरेको छ।
यस प्रकारका आकर्षक अफरमार्फत ग्राहकहरूलाई डिजिटल भुक्तानी तथा कार्डमार्फत हुने कारोबारमा थप प्रोत्साहित गर्दै आधुनिक बैंकिङ सेवाको प्रयोग विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ। साथै, यस कदमले ग्राहकहरूलाई दैनिक कारोबारमा थप सुविधा, बचत तथा मूल्य अभिवृद्धि प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।
उच्चस्तरीय र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै मात्र काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको अत्याधुनिक ‘डिजिटल हब’ समेत सञ्चालनमा ल्याइसकेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment