सिद्धबाबा नजिकै पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

डिसी नेपाल
२५ असार २०८२ ६:२५
548
Shares

पाल्पा। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार बेलुका वर्षासँगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै मोटरसाइकलको पछाडि सवार भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते भएकी छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।

वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको तानसेन बुटवल सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ।

यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेर विपद्जन्य जोखिम न्यनीकरणका लागि पाल्पाका मुख्य र सहायक राजमार्गका अत्यावश्यक काम बाहेक रातिको समयमा सवारी संचालन गर्न रोक लगाउने निर्णय कार्यान्वयन सुरु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *