२२.०४ अंकले बढेर २७ सय बिन्दु नाघ्यो नेप्से
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक २२.०४ अंकले बढेर २७०५.९० बिन्दुमा पुगेर रोकिएको छ।
मंगलबार ०.१४ अंकले घटेर नेप्से २६८३.८६ बिन्दुमा रोकिएको थियो। अघिल्लो कारोबार दिन ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँ बराबरको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता शेयर कारोबार भएकोमा यस दिन कुल ३१६ स्टकको ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर खरिद विक्री भएको छ।
यस दिन सेन्सेटिभ इण्डेकस ४.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अंक बढेको छ। त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.८१ अंक बढेको छ। यस दिन बरुण हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.४४ रुपैयाँले बढेर ४५२.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
पञ्चकन्यामाइ हाइड्रको शेयर मूल्य प्रतिकित्ता १६.६७ रुपैयाँले बढेर ४०६.१९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, एनआइसी एशिया बैंकको शेयर मूल्य पनि १३.६३ रुपैयाँले बढेर ३६०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस दिन राधि जलविद्युत कमपनी, बुटवल पार कमपनी, एनआरएन इन्फ्रास्टक्चर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक कारोबार भएको छ।
यस दिन ग्रिन डेभल्पमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक घटेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ६१.३६ रुपैयाँले घट्दै १३३१.५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, एनएमबी हाइड्रो फन्ड लिमिटेडको शेयर मूल्य पनि ३.०१ प्रतिशतले घटेर ८.७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment