समाजमा विभेद हटाउन सामुहिक रुपमा काम गर्नुपर्छ : मन्त्री सिंह
काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा रहेको विभेद हटाउनका लागि सामुहिक रुपमा काम गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौं जिल्लाका दलित समुदायबाट एस.ई.ई. उत्तिर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले समाजमा राम्रो गरे चौतर्फी तारिफ मिल्ने भन्दै समाजिक काम गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘यो समाजमा रहेको विभेद हटाउनका लागि तपाईं हामी सबैले सामुहिक रुपमा प्रयास गरेर गर्न सकिन्छ। मूख्य कुरा के हो भने हाम्रो समाजमा राम्रो गर्यो भने सबैले ताली पिटेर वाहवाही गर्छन।’
उनले उच्च शिक्षाका लागि नेपालमै अवसरहरु भएको भन्दै एस.ई.ई. उत्तिर्ण विद्यार्थीलाई उदाहरणीय बन्न प्रेरित समेत गरे।
‘मिहेनत गर्नपर्छ, उदाहरणीय बन्नुपर्छ त्यसका लागि अवसर छ। एस.ई.ई. पछि पढ्नका लागि नेपालमै राम्रा कलेजहरु छन्। आफ्नो जीवन बनाउन आफूले आफैंलाई समाल्न सक्नुपर्छ त्यसैगरी देश बनाउन पनि सबै मिलेर गर्नुपर्छ,’ उनले भने।
No ads found for this position



डिसी नेपाल
Facebook Comment