दिया पुन ‘मैझारो’मा अनुबन्धित

डिसी नेपाल
२९ असार २०८२ १३:३७
48
Shares

काठमाडौं। अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार उनलाई औपचारिक रुपमा अनुबन्ध गरेको हो।

यसअघि अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए। अब दिया पनि फिल्ममा मुख्य पात्रका रूपमा जोडिएपछि कलाकारको सूची विस्तार भएको छ। निर्देशक राईले भने,‘कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं। अन्य कलाकार पनि छानिँदैछन्।’

‘मैझारो’ मा धिरज, मिरुना र दिया बाहेक अन्य कलाकारको नाम भने सार्वजनिक भइनसकेको निर्माण पक्षले जनाएको छ। केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्ने बताइएको छ। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्म ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको छ। फिल्मको छायांकन साउन पहिलो साताबाट सुरु हुने छ भने ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने छ।

फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन्। गीतहरूमा राजेश पायल राई,अस्मिता अधिकारी,झुमा लिम्बू,अनमोल गुरुङ लगायतको स्वर रहनेछ। छायांकन सौरभ लामाले गर्ने भएका छन्। निर्देशक राईका अनुसार ‘मैझारो’ उनका लागि लेखन र निर्देशन दुबैमा डेब्यु प्रोजेक्ट हो। यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति मात्र निर्माण गर्दै आएको थियो। ‘मैझारो’ मार्फत कम्पनीले ठूलो पर्दामा फिचर फिल्ममा पाइला टेक्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *