मन्त्री गुप्ताको अडियो प्रकरणबारे सरकारले छानविन गर्नुपर्छ : योगेश भट्टराई

डिसी नेपाल
२९ असार २०८२ १८:२२
168
Shares

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले मन्त्री गुप्ताको अडियो सहि हो वा होइन भन्नेबारे प्रधानमन्त्रीले छानविन गर्नुपर्ने बताएका हुन्। यस विषयमा संसदमा समेत कुरा उठेकाले सम्बन्धीत मन्त्रीले समेत संसदमा आएर प्रष्ट पार्नुपर्ने उनले बताए।

भट्टराईले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने धारणा राखे।

उनले सञ्चारमाध्यममा आएका सवै समाचार सत्य नहुने भएकाले गम्भीरतापूर्वक बुझ्नुपर्ने जिकिर गरे। भट्टराईले सवैको सहमतिमा नै संविधान संशोधनको विषयलाई अघि बढाउने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *