‘घुसकाण्ड’ मा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्तालाई हटाउने तयारी
काठमाडौं। राजनीतिक स्थायित्व, संविधान संशोधन, आर्थिक विकास र सेवा प्रवाहमा सुधार गर्ने लक्ष्यसहित गठन भएको दुई तिहाइको सरकारको एक वर्ष पूरा भएको छ।
जुन उद्देश्यका साथ सरकार गठन भएको थियो, त्यसमा सरकार सफल नभएको बरु सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा चुकेको प्रतिपक्ष दलले आरोप लगाएका छन्।
सरकार गठन भएको एक वर्ष पुगेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको ‘घुसकाण्ड’ सार्वजनिक भएको छ।
मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री र सरकारको चौतर्फी आलोचना भएको छ। आलोचना थेग्न नसक्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्तालाई हटाउने तयारी गरेका छन्।
मन्त्री गुप्ताको ‘घुसकाण्ड’ प्रतिनिसभामा प्रवेश गरेको छ। जहाँ सत्ता पक्ष र प्रतिपक्षका सांसदले यो विषयमा आवाज उठाएका छन्।
बैठकमा उनीहरूले मन्त्री गुप्ताको राजीनामासहित कारबाहीको मागसमेत गरे। उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट जवाफ दिनुपर्ने माग पनि गरेका छन्।
‘घुसकाण्ड’ सार्वजनिक अडियोमा ‘मालपोत कार्यालय कास्कीका तत्कालीन कार्यालय प्रमुखको सरुवा रोक्न सामान्य प्रशासनमन्त्री गुप्ताले बिचौलियासँग ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख गरी ७८ लाख घुस डिल गरेको उल्लेख छ।
प्रधानमन्त्री ओलीले यसअघिको कार्यकालमा दुई जनामन्त्रीहरूलाई विदा गरेको घटना छन्। ओलीले तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई उनको विवादित अभिव्यक्तिलाई लिएर राजीनामा दिन भनेका थिए।
सार्वजनिक रूपमा तामाङको निकै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा मागेका थिए। तामाङले बंगलादेशमा अध्ययनका लागि जाने नेपाली छात्राबारे दिएको अभिव्यक्ति विवादित बनेको थियो।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुसको डिल गरेको अडिओ सार्वजनिक भएपछि उनलाई पनि विदा गरेका थिए। बाँस्कोटाले सुरक्षण मुद्रणको खरिदमा ७० करोड को डिल गरेको अडिओ सार्वजनिक भएको थियो। त्यसपछि प्रधानमन्त्रीको आग्रहमा बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।
यसैबीच, संसदमा घुस डिल प्रकरणका ’दयगतमा आवाज उठेपछि सामान्य प्रशासनमन्त्री गुप्ताले पार्टीले निर्देशन दिए मन्त्री पदबाट राजीनामा दिन आफू तयार रहेको जनाएका छन् । मन्त्री गुप्ताले सार्वजनिक भएको अडियो घुस डिल प्रकरणका ’दयगतमा छानबिन गर्नुपर्नेसमेत बताएका छन्। गुप्ता नेपाल कम्युनिस्ट पार्टी एमालेबाट मन्त्री बनेका हुन्।
नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओली संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रणलगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेका थिए। तर सरकारका मन्त्रीले नै घुस डिल गरेको अडियो सार्वजनिक हुन थालेपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन् र विवादित मन्त्रीलाई हटाउने तगारी गरेका छन्।
बालुवाटार स्रोतका अनुसार यो विषयमा प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग सोधपुछ गरेपछि यो विषयमा निर्णय लिने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मन्त्री गुप्तासँग यो विषयमा जानकारी लिएपछि राजीनामा माग्ने स्रोतले जनाएकोछ।







डिसी नेपाल








Facebook Comment