प्रसिद्ध अभिनेत्री सरोजा देवीको निधन

डिसी नेपाल
३० असार २०८२ १२:४८
120
Shares

काठमाडौं । पद्म पुरस्कार विजेता अभिनेत्री सरोजा देवीको सोमबार बेंगलुरुमा निधन भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सरोज देवी ८७ वर्षकी थिइन्।

सरोजा देवीले कन्नड, तमिल, तेलुगु र हिन्दी भाषाका २०० भन्दा बढी चलचित्रहरूमा काम गरिन्।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले सामाजिक प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् , “सरोजा देवीको नाम लिने क्षणमा, ‘कित्तूर चेन्नम्मा’, ‘बब्रुवाहन’ र ‘अन्नाथांगी’ जस्ता फिल्महरूमा उहाँको अद्भुत अभिनयको सम्झनाहरू ताजा हुन्छन्।”

“दशकौंसम्म सुसंस्कृत चलचित्रहरू मार्फत दर्शकहरूलाई मनोरञ्जन दिनुभएकी सरोजा देवीको निधन भारतीय चलचित्रको लागि ठूलो क्षति हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *