मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी

डिसी नेपाल
३० असार २०८२ १३:३९
28
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असोक कुमार चौधरीले मानव तस्करीको घटनालाई लिएर सरकार र सत्ता संरचना नै संलग्न भएको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले मानव तस्करीको विषय संसदमा ४७ दिनदेखि उठाइएको भए पनि त्यसलाई बेवास्ता गरिएको भन्दै आक्रोश पोखे।
उनले भने, ‘के सत्ता संरचना, भ्रष्टाचार र मानव तस्करीमा संलग्नहरुलाई उन्मुक्ति दिने रक्षा कवज हो? वा श्रृजित षड्यन्त्र हो? यो प्रश्न अब जनताले सोध्न थालेका छन्।’

सांसद चौधरीले पछिल्लो समय स्पेनमा सार्वजनिक भएको घटनाले मानव तस्करी कति गहिरो र योजनाबद्ध ढंगले भइरहेको छ भन्ने स्पष्ट भएको दाबी गरे। उनले यस अपराधमा सरकारी संयन्त्रको संलग्नता बिना यति ठूलो तस्करी सम्भव नभएको पनि बताए।

‘मानव तस्करी र भ्रष्टाचार यदि ठूलो आकारमा भइरहेको छ भने त्यो सरकारी संयन्त्रको साथविन सम्भव छैन,’ उनले भने, ‘यस्ता गम्भीर आरोपबीच कर्तव्यच्यूत भएर पदमा टिकिरहनु नैतिकताको पनि अपमान हो। निर्दोष जनतालाई जेल र भ्रष्ट मन्त्रीहरुलाई कुर्सी यो सरासर अन्याय हो।’

सांसद चौधरीले मानव तस्करीको विषय अब संसद मात्रै नभई सडक, नागरिक समाज र सञ्चारमाध्यममा समेत पुगेको भन्दै सरकारलाई गम्भीर बन्न चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *