अरुले कुरा गरेको आधारमा मलाई मुछ्ने काम भयोः मन्त्री अधिकारी

डिसी नेपाल
३० असार २०८२ १६:४३
136
Shares

काठमाडौं। भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति सम्बन्धी घुस डिलमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्त गर्ने विषयमा अरु कसैले कुरा गरेको आधारमा आफूलाई मुछ्ने काम भएको बताए। उनले हल्लाको आधारमा नभइ तथ्यको आधारमा सत्यको खोजि गर्न आग्रह समेत गरे। भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको उनले बताए।

उनले भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रह समेत गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *