‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्तासहित मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
३० असार २०८२ २०:४२
240
Shares

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहको छ। जारी मन्त्रिपरिषद् बैठकमा ‘घुसकाण्ड’मा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता समेत सहभागी रहेका छन्।

मन्त्री गुप्ताले भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालय कास्कीका प्रमुख सरुवामा घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि चौतर्फि विरोध भएको छ। उनलाई प्रधानमन्त्रीले आजै हटाउने चर्चा चलेपनि हालसम्म उनीमाथि कुनै कारबाही भएको छैन।

उनले राजीनामा दिनुपर्ने या प्रधानमन्त्रीले बर्खास्ती गर्नुपर्ने आवाज उठेको छ। तर हालसम्म मन्त्री गुप्ताले राजीनामा दिएका छैनन् भने प्रधामन्त्रीले समेत बर्खास्त गरेका छैनन्। उनै मन्त्री गुप्तासँगै मन्त्रिपरिषद्को बैठक जारी रहेको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *