कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड
मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ। कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएको सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो।
सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन्।
सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर जुपिथाका ६/७ जना परिचित युवाको समुहले तोडफोड गरेको बताए।
उनले भने, ‘अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो। खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरी दिएको छ।’
सवारी चालक हितानले सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएको बताए।
‘कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलव्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा गाडीको भाइजरसमेत फुटेको छ,’ उनले भने।
कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार घटनाको थप आवश्यक अनुसन्धान भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment