एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं। नेकपा (एमाले) ले भोलि (बिहीबार) को लागि सचिवालय बैठक बोलाएको छ। दिउँसो १ बजै पार्टी मुख्यालयमा बस्नेगरि सचिवालय बैठक बोलाइएको हो।
साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीको सन्दर्भमा बैठक बोलाईएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिए।
एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा रहेको सनराईज हल विद्यान महाधिवेशन गर्ने भएको छ। विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमालेमा ध्रुवीकरण सुरु भएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment