नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेको सपथ आज

डिसी नेपाल
३२ असार २०८२ ११:४७
60
Shares

काठमाडौं। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन्।

बुधबार साँझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराउने छन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए।

न्यौपाने राष्ट्रियसभामा एमाले संसदीय दलको प्रमुख सचेतकको भूमिकामा छिन्। घुस डिल अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए।

उनले अनुसन्धानलाई सघाउन आफूले राजीनामा दिएको बताउँदै खाँदै नखाएको विष आफूलाई लागेको दाबी गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *