फिल्म ‘उदयपुर फाइल्स’लाई भारतको सर्वोच्च अदालतले पनि रोक लगायो

डिसी नेपाल
३२ असार २०८२ १४:४५
1.0k
Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले हाल चर्चामा रहेको कन्हैया लाल हत्या प्रकरणमा आधारित फिल्म ‘उदयपुर फाइल्स: कन्हैया लाल टेलर मर्डर’ को रिलिजमा प्रतिबन्ध कायम राखेको छ।

दिल्ली उच्च अदालतले हालै फिल्मको रिलिजमा रोक लगाएको थियो। सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ जुलाई २१ सम्मका लागि स्थगित गरेको छ।

यो फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु-मुस्लिम दंगा देखाइएको जनाउँदै नेपाली मुस्लिम समुदायले नेपालमा फिल्मको रिलिज रोक्न माग गरेका थिए ।

अदालतले निर्माताहरूलाई फिल्म विरुद्धको आपत्तिको सुनुवाइ गर्न केन्द्रले नियुक्त गरेको समितिको निर्णय नआउन्जेल पर्खन भनेको छ।

दिल्ली उच्च अदालतको फैसला विरुद्ध फिल्म ‘उदयपुर फाइल्स’ का निर्माताहरूले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। यो फिल्म जुलाई ११ मा सिनेमाघरमा रिलिज हुने तालिका थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार फिल्मका निर्माताहरूले ‘सेन्सर बोर्ड’ (केन्द्रीय फिल्म प्रमाणन बोर्ड) बाट प्रमाणीकरण पाए पनि फिल्मको रिलिज रोकिएको तर्क गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *