सरकाले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छः गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि पछिल्लो समय बरालिएको बताएका छन्।
बिहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन गनेर बस्ने जस्तो देखिएको बताएका हुन्।
थापाले भने, ‘दुई पार्टी मिलेर सरकार बन्दा सुरुमा गति पनि समातेको थियो। अहिले यो सरकार बरालिएको छ। दिन गनेर बस्ने जस्तो भएको छ। आइतबार गयो, सोमबार आयो। एकजनाले बोल्दिएपछि ढल्दैन ढल्दैन भन्यो।’
साथै उनले सरकार भनेको दिन गनेर बस्ने हो र भन्दै प्रश्न गरे। उनले बेला बेला प्रधानमन्त्रीले अब एक वर्ष मात्रै छु भन्दै बस्न नहुने बताए।
गगनले भने, ‘प्रधानमन्त्रीले अब एक वर्ष म हुन्छु, एक वर्षपछि कांग्रेसलाई हस्तान्तरण गर्छु, त्यो हिसाबकिताबको बारेमा अब कुरा नगरौँ। सरकार भनेको दिन गनेर बस्ने हो र ? अनि हामी ३६५ घट्यो ३६४ भयो भन्दै हाम्रो पालो आयो भनेर औँला भाँच्दै बस्ने हो र? हामीले सुन्न र गर्न चाहेको भनेको त यो एक वर्ष चाहिँ के गर्छौं हामी ? यो एक वर्ष नेपालले के पाउने ?’
No ads found for this position



डिसी नेपाल
Facebook Comment