एमालेको पोलिटब्युरो बैठक जारी

डिसी नेपाल
२ साउन २०८२ १६:१४
52
Shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा जारी बैठकको मुल एजेण्डा बिहीबारको सचिवालय बैठकद्वारा पारित विधान संशोधन प्रस्ताव रहेको छ।

बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो।

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *