युद्ध र रगत बगाएर मात्र समाजवाद प्राप्त हुँदैन : वामदेव गौतम

डिसी नेपाल
२ साउन २०८२ १८:२६
24
Shares

काठमाडौं । नेता वामदेव गौतमले युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीहरुले सोचेको जस्तो समाजवाद प्राप्त नहुने बताएका छन्।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानको एकता घोषणा सभामा बोल्दै उनले रगत बगाएर मात्र समाजवाद प्राप्त नहुने बताएका हुन्।

उनले भने, ‘युद्ध र रगत बगाएर मात्र कम्युनिष्ट पार्टीले सोचेको समाजवाद प्राप्त हुन्छ भन्नेमा म छैन। त्यही भएर नै हामीले नेपालको संविधानमा लोकतान्त्रिक, मूल्यमान्यतामा आधारित समाजवाद भनेका छौ। हामी जाने त्यही बाटोमा हो र त्यही निर्माण गर्ने हो। त्यो नभएकाले सोभियत संघ असफल भयो र पूँजीवाद पुनःस्थापना भयो।’

उनले भावुक हुँदै आज एकीकृत समाजवादीसँग एकता गर्दा खुशी लागेको भन्दै एकताको लागि चार वर्ष समय लागेको बताए।

‘म ज्यादै खुशी भएको छु। मैले धेरै कुरा व्यक्त गर्न सक्दिन्। किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुनका निम्ति आजभन्दा चार वर्ष पहिलेदेखि यात्रा सुरु गरें। तर पूरा भएको थिएन्। मेरो पार्टी अफिस स्यम्भूमा छ, त्यहाँबाट समाजवादीको पार्टीसम्म आइपुग्न चार वर्ष लाग्यो। आज मैले भने जसरी एकीकृत भएका छौं,’ उनले भने।

कार्यक्रममा बोल्दै सम्मानित नेता झलनाथ खनालले देश अहिले चौतर्फी राजनीतिक संकटमा परेको औंल्याए। उनले अहिलेको सरकारले जनताको हितमा काम नगरेको बताए।

‘आज हामी चौतर्फी राजनीतिक संकट छौं। दुईवटा हात्ती जस्ता पार्टी हौं भन्नेहरु सरकारमा छन्। भर्खरै नीति कार्यक्रम ल्याए बजेट ल्याए। तर नीति र कार्यक्रममा नेपाली जनता र नेपाल राष्ट्रको हित केहीपनि छैन्। त्यसैले देश आज भयावह राजनीतिक संकटमा छ।’

उनले नेतृत्वमा भएका मन्त्रीहरु भष्ट्राचारका खाडलमा फस्दै गएकाले देश आर्थिक संकटमा परेको समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *