लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौं : प्रधानमन्त्री ओली

डिसी नेपाल
२ साउन २०८२ १९:२८
28
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्।

प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने स्पष्ट गरे।

‘हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ। हाम्रा कोही शत्रुु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ। हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ’, प्रधानमन्त्री ओलीले भने।

उनले जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समधानका लागि लाग्ने भन्दै गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन नसक्ने समेत बताए।

उनले भने, ‘हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समाधानार्थ लाग्नेछौँ। गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन सक्दैन। त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ।’

उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरुलाई सरकारले ग्रहण गर्ने विश्वास समेत दिलाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *