मोहन वैद्यको स्वास्थ्यवस्था बुझ्न टोखा पुगे प्रचण्ड
काठमाडौं । आफ्ना ‘राजनीतिक गुरु’ मोहन वैद्यको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन्।
प्रचण्डले आज नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ लाई उनको निवास टोखा पुगेर स्वास्थ्यस्थितिका बारेमा जानकारी लिएका हुन्।
सो क्रममा वैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको प्रति खुशी व्यक्त गर्दै पूर्ण स्वास्थ्य लाभको कामनासमेत गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment