रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम

डिसी नेपाल
४ साउन २०८२ १८:४१
68
Shares

काठमाडौं। निर्वाचन आयोगले रूपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा असोज २१ गते उम्मेदवारको मनोनय र कात्तिक १७ गते विहान १० बजे देखि ५ बजे सम्म मतदानको सयम निर्धारण गरेको छ। निर्वाचन आयोगले आज उम्मेदवारको मनोनयन दर्तादेखि मतदान सम्मको समय तालिका सार्वजनिक गरेको छ।

कार्यक्रमअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित हुनेछ। प्रारम्भिक सूचीविरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ।

उजुरीमाथि जाँचबुझ र निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुकी ५ बजेसम्म हुनेछ भने असोज २३ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ।

नाम फिर्ता लिन असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन र दिउँसो ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ।

२०७९ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था रहेको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *