समाज परिवर्तनको सन्देश दिन ‘महाभोज’ चलचित्र सफल : अध्यक्ष दाहाल

डिसी नेपाल
४ साउन २०८२ २३:३१
112
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध सङ्घर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताएका छन्।

आज चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्र निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको बताउनुभयो। अध्यक्ष दाहालले पछिल्लो पुस्ताले सो चलचित्र हेरेर यसको भाव बुझ्न आवश्यक रहेको औंल्याए।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू आज उक्त चलचित्र हेर्न सिटी सेन्टर पुगेका थिए। उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो।

प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ।

चलचित्र महाभोजका निर्माता हिमाल कडरिया तथा निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन्। चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *