प्रतिनिधिसभा अन्तर्गत आज तीन समितिको बैठक बस्दै
काठमाडौं। प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ।
मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो।
आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ः३० बजे बस्दैँ छ।
साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची रहेको छ। बैठक दिनको ३ बजे समितिको बैठक कक्षमा बस्दै छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment