गैरकानुनी रुपमा विदेश जानेहरुका कारण बढी समस्याः मन्त्री साह
फाइल तस्बिर
काठमाडौं।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैरकानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन्।
मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए।
उनले मन्त्रालयको तर्फबाट धेरैउद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए। उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment