अधिकारका कुरा गर्दा जिम्मेवारीलाई भुल्न हुँदैन : मन्त्री सिंह
काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारका कुराहरु गरिरहँदा आफ्नो जिम्मेवारीलाई भूल्न नहुने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुरा उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारी भुल्न नमिल्ने धारणा राखे।
उनले भने, ‘हामीले अधिकारको कुरा गर्दै गर्दा के चाँही बुझ्नुपर्छ भने अधिकारसँगै जिम्मेवारीको पनि कुरा आउँछ। अधिकारका कुराहरु पनि उठाउनुपर्छ। तर त्यो सँगै निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु हुन्छन् ,तीनका बारेमा पनि सोच्नपर्छ।’
त्यस्तै युनियन उठाएका विषय र मुद्दाहरु अत्यन्तै प्रष्ट एवम महत्वपूर्ण रहेको बताउँदै त्यसमा सरकार गम्भीर रहेको बताए।
मन्त्री सिंहले मंगलबार नै बीपी कोइरालाको स्मरण गर्दै सिद्धान्त, आदर्शवादबाट विचलित नभइ दुःखकष्ट सहेर जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन बीपीले धेरै संघर्ष गरेको स्मरण गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment