एमाले बैठकः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता खारेज, राजनीतिमा फर्कन नदिने निर्णय
काठमाडौं। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खारेज गरेको छ। एमालेको केन्दी्रय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेसँगै उनको सदस्यता खारेज भएको हो।
पार्टीको नवौँ केन्द्रीय कमिटी बैठक समापन मन्तव्य राख्दै अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति राजनीतिमा आउँदा व्यवस्था र उक्त पदकै गरिमाको ओझ नरहने भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव पारित भएसँगै पुर्व राष्ट्रपति भण्डारी राजनीतिमा फर्कन नपाउने भएकी हुन्।
अध्यक्ष ओलीको उक्त प्रस्तावको उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले असहमति जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment