प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्दै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै छन्।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा विशेष सम्बोधन गर्नुहुने नेकपा (एमाले) का मुख्य सचेतक महेशकुमार बर्ताैलाले जानकारी दिए।
सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा संघीय संसदमा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएकालगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही उनले सम्बोधन गर्नेछन्।
संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोध्नुभएको प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment