कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा पनि देश राम्रो हुन सकेन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हुन नसकेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री हुँदा पनि देशको अवस्था राम्रो हुन नसकेको र परिणामदायी काम हुन नसकेकाले जनतामा निराशा छाएको बताएका हुन्।
देशको राजनीतिक, सामाजिक र आर्थिक बिषयमा बहस हुन जरुरी रहको उहाले बताउनुभयो । त्यस्तै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा चूनौति देखिए सामना गर्ने साहस देखाउनुपर्नेमा जोड दिए। उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन व्यक्ति भन्दा पनि नीति र सिद्धान्त महत्वपूर्ण रहेको बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment