राष्ट्रिय चिडिया एयरबस (भिडियोसहित)
काठमाडौं । हास्न नजान्नेहरू पनि पेट मिच्न बाध्य हुने र देशलाई माया गर्नेहरूलाई त अनिवार्य हेर्नैपर्ने गाईजात्रा कोशेली आएको छ- ‘राष्ट्रिय चिडिया एयरबस।’
हास्य कलाकारद्वय दमन रुपाखेती र उत्तम कोदेको संयुक्त परिश्रमले जन्माएको यो गाईजात्रा विशेष व्यंग्य अब युट्युबमा सार्वजनिक भइसकेको छ। यो भिडियो सिर्जना होइन, राष्ट्रिय स्तरको व्यंग्य उडान हो, जसले नेतादेखि जनतासम्म, लुतोपूजादेखि संसद छेउसम्म सबैलाई एकै फ्लाइटमा उडाएको छ।
निर्देशक दमन भन्छन्, ‘हामी हाँस्न पनि बिर्सियौं, अनि रिसाउन पनि थाक्यौं। अब त व्यंग्यकै सहारामा चेतना जगाउने बेला भयो। यो भिडियो हाँसो मात्रै होइन, सन्देश, सचेतना र आशाको मिश्रण हो।’
देशको हालको जटिल अवस्थाबाट भिडियो सुरु हुन्छ। यसमा नेताहरूको कर्तुत, जनताको प्रवृत्ति, अनि सुधारको झिनो आशा — सबै मिसिएको छ। तर यसमा टन्न हाँसो छ। सन्देश छ। अनि छ देशको यो दर्दमा बनेको हास्योपचार।
‘राष्ट्रिय चिडिया एयरबस’ नाममात्रको कथा होइन- यसभित्र ‘राष्ट्रिय लुते पूजा’, ‘संसद छेउ’, ‘नेताको संकल्प’ जस्ता छोटा व्यंग्य पनि छन्, जसले यथार्थलाई हास्य रसमा चोपेर खाउँ खाउँ लाग्ने बनाएको छ।
यस सिरियलमा कलाकार दमन रुपाखेती, उत्तक अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतको अभिनय देख्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment