लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यकः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्या भण्डारीले देशभित्र लगानीको वातावरण बनाउन राजनीतिक स्थायित्व र विश्वासको वातावरण आवश्यक रहेको बताएकी छन्।
बिहीबार काठमाडौंमा राइजिङ नेपाल समिटलाई सम्बोधन गर्दै उहाले मुलुकमा परिवर्तन आइसकेपछि अव आर्थिक समृद्धिमा ध्यान दिनुपर्ने भन्दै त्यसका लागि लगानीको वातावरण बनाउनुपर्ने बताएकी हुन्।
आर्थिक उन्नयनका लागि स्वदेशी पुँजी, श्रम, सीप र प्रविधिको अधिकतम् उपयोग अति आवश्यक रहेकाले राजनीतिक स्थायित्वमार्फत लगानीको वातावरण बनाउनु अपरिहार्य रहेको उनले बताइन्। मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले सेवा, पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेको भन्दै थप लगानीका लागि पूर्वाधार बनाउनुपर्ने बताए। उनले समृद्धिको बाटोमा अगाडि बढ्न लगानीको वातावरण आवश्यक रहेको जिकिर गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment