सञ्चारमन्त्री गुरुङ चीन प्रस्थान गर्दै
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्दैछन्।
विश्वका मन्त्रीहरु एवं सचिवलगायत उच्चपदस्थ सहभागी हुने सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को रणनीतिक विषयमा छलफल हुने जनाइएको छ। यही साउन १० देखि १२ गतेसम्म आयोजना हुने सम्मेलनमा भाग लिन मन्त्री गुरुङ राति ११ः३० बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। उनका साथमा सूचना प्रविधि सल्लाहकार डा शालिग्राम पराजुली र स्वकीय सचिव विक्रम न्यौपानेलगायत छन्।
सम्मेलनबाट एआईसम्बन्धी विषयमा साझा धारणा बनाउन सहयोग पुग्ने मन्त्रीका सूचना प्रविधि सल्लाहकार डा पराजुलीको भनाइ छ। मन्त्री गुरुङ यही साउन १४ गते स्वदेश फर्कने तालिका छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment