प्रधानमन्त्री ओलीद्वारा प्रसूति गृहको उद्घाटन

डिसी नेपाल
९ साउन २०८२ १३:५०
72
Shares

मटिहानी । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका-६ मा नवनिर्मित प्रसुति गृहको उद्घाटन गरेका छन्।

मटिहानी नगरपालिका-८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात प्रधानमन्त्री ओली मटिहानी-६ मा पुगेर प्रसुति गृहको उद्घाटन गरेका हुन्।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोडको लागतमा निर्माण गरिएको सो प्रसुति गृहको उद्घाटन प्रधानमन्त्री ओलीले गरेका छन्। पाँच शैयाको प्रसुति गृहको उद्घाटनसँगै यसक्षेत्रका प्रसुति हुने महिला लाभान्वित हुने जनाइएको छ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानी नगरपालिकामा बजेट अभावमा ५० शैयाको अस्पताल बनाउन नसकिएको बताउँदै पाँच शैयाको प्रसुति गृह निर्माणबाट आमा र बच्चा दुवैको स्वास्थ्य बचाउन सकिने बताए।

नवनिर्मित प्रसुतिगृहमा अपरेशन कोठा, एनआइसी कोठा, डिलेभरी कोठा, वेटिँग रुम, ओपिडी कोठा, फार्मेसी कोठा, नर्सिग कोठा, शौचालय, सोधपुछ लगायतका सुविधा सम्पन्न कोठाहरु रहेका छन्। मटिहानीबासीहरुले प्रसुति गृह निर्माणसँगै शल्यक्रिया, नवजात शिशुहरुको लागी राम्रो हुने उनले बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *