रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

डिसी नेपाल
९ साउन २०८२ १४:१५
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन्।

भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्।

शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए।

दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *