गत चैत्र १५ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत्र १५ गते भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। उनले दोषीलाई कारवाही र निर्दोषलाई रिहा गर्न सरकारसँग आग्रह गरे।
सांसद राणाले उक्त दिनको घटनालाई गम्भीर भन्दै भने, ‘यदि यति गम्भीर घटनाको छानबिन गरिन्न भने अरु के को गरिन्छ? दोषीमाथि कारवाही होस् र निर्दोष रिहा होस् भन्ने मेरो माग हो।’
उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू उत्तेजित भई तोडफोड तथा आगजनीका घटनाहरू भए। ‘त्यसबीच केही साथीहरू ज्यान जोगाउन एक गल्लिको सटरभित्र आश्रय लिन पुगेका थियौं, उनले भने, ‘तर साँझ अस्पतालमा घाइतेहरूको उपचार भइरहेका बेला प्रहरीले हामीलाई झुटा आरोपमा गिरफ्तार गर्यो र हाम्रा विचारधारामाथि नै आक्रमण गर्न खोजियो।’
राणाले आन्दोलनका क्रममा आफूहरूलाई दमन गर्न राज्य संयन्त्र प्रयोग गरिएको गुनासो गरे। उनले उक्त घटनामा सत्यतथ्य छानबिन गरी झुटा मुद्दा खारेज गर्न माग राखे।
त्यसैगरी उनले तराई क्षेत्रमा पानीको चरम अभाव भएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment