संघीय निजामती सेवा विधेयकमा त्रुटि, छानबिन समितिको म्याद सात दिन थप

डिसी नेपाल
९ साउन २०८२ १४:४१
60
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ।

शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका छन्।

उनले भने, ‘संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबाट ७ दिनको कार्यावधि थप गर्न माग भई आएकोले उक्त समितिको समयावधि ७ दिन थप गर्न सभाको सहमतीको लागि प्रस्ताव गर्दछु। म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *