मेरो पार्टी सदस्यता नवीकरण विवादमा पार्नुपर्ने विषय होइन: भण्डारी

डिसी नेपाल
९ साउन २०८२ १६:१५
68
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको र यो विवादमा पार्नुपर्ने विषय नभएको धारणा राखेकी हु्न्।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन। मैले पार्टीको सदस्यता लिएको ४५ वर्ष वितिसकेको छ। त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।

उनले आफू विचलित नहुने पनि बताइन्। ‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *