जनयुद्धको बेला नरबहादुर कर्मचार्यको भूमिका महत्वपूर्ण थियो: प्रचण्ड
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नर बहादुर कर्मचार्य जनयुद्धको बेला अभिभावकको रुपमा प्रस्तुत भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित नर बहादुर कर्मचार्यको जन्म शताब्दीको अवसरमा आयोजित जनसांगितिक कार्यक्रममा उनले कर्मचार्यसँग जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा सल्लाहा लिएको स्मरण गर्दै त्यो समयमा नर बहादुर कर्मचार्य अभिभावकको रुपमा प्रस्तुत भएको बताए।
उनले भने, ‘म जनयुद्धको तयारीमा थिए र अन्तिम तयारीको सबै काम नर बहादुर कर्मचार्यको उत्प्रेरणामा भएको थियो। उहाँले साच्चै जनयुद्धको नेतृत्व गर्ने हो, गर्नुपर्छ भनेर मलाई प्रेरित गरिराख्नु हुन्थ्यो। यो विषयमा उहाँ मेरो लागि साच्चैको अभिभावक बन्नु भयो। मैले जनयुद्धको तयारीसँग सम्बन्धित सबै कुराको बारेमा उहाँसँग सल्लाह पनि गर्ने गरेको थिए।’
यस्तै, प्रचण्डले नर बहादुर कर्मचार्यबाट सबैले लिनु पर्ने शिक्षा र प्रेरणा भनेको वैचारिक निष्ठा, क्रान्तिको निरन्तरता, इमान्दारिता, सरलता जस्ता गुणहरु भएको भन्दै यसबाट मात्र राष्ट्रको सेवा गर्न सकिने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment