पोखरामा क्लासिक लाखे नृत्य प्रस्तुती

डिसी नेपाल
१० साउन २०८२ १०:१२
12
Shares

पोखरा । पोखरा रानीपौवामा क्लासिक लाखे नृत्य प्रस्तुती भएको छ।

शुक्रबार साझ रानीपौवामा स्थानीय समुदाय संस्कृति, पौराणिक कथा र नृत्य मार्फत समृद्ध सम्पदा जोगाउने उद्देश्यले उक्त विशेष लाखे नृत्य प्रस्तुती गरिएको हो।

सोही क्रममा पोखरा महानगरपालिका वडा नं ११ को वडा अध्यक्ष एवं तायामचा नाच समितिको अध्यक्ष प्रेम प्रसाद कर्मचार्यले संस्कृति र परम्परा जोगाउनको लागि युवाहरुलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको बताए।

उनले भने, ‘हामीले यसरी लाखे नाच पहिलो पटक निकाल्दै छौं। हाम्रो यो गाईजात्रा तायामचा नाच समिति भन्ने छ। अहिले युवा पुस्ताहरु संस्कृति जोगाउने कुरामा जागरुक भईरहेको बेलामा यो समितिले यस्तो नाच प्रदर्शन गरेको हो। हाम्रो संस्कृति परम्परा जोगाउनको लागि युवाहरूलाई प्रेरित गर्ने उद्देश्यले यो नाच निकालिएको हो।’

लाखे निकाले घरमा भएको नकारात्मक असरहरु हट्छ भन्ने मान्यता रहेको पनि उनको भनाई छ।

उग्र मुखौटा र शक्तिशाली, ठेस लाग्ने पाइलाहरूका लागि परिचित लाखे नृत्य असल र खराब बीचको कालातीत संघर्षको प्रतीक हो। पोखराको विभिन्न भागहरूमा यो परम्परागत नृत्य प्रदर्शन गरिँदै जाँदा, यसले नेपालको जीवन्त परम्परा र जनताको स्थायी भावना जीवन्त राख्ने काम गर्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *