समाजलाई नराकात्मक चिन्तनबाट मुक्त गराऔं : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई उज्यालोतर्फ डोर्याउन नकारात्मक विचारहरु बाधक हुने उल्लेख गरे।
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरिएको ‘अक्षलोक’ साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनुपर्ने बताए ।
सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार त्यागेर समृद्ध समाज बनाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सडक तथा पूर्वाधारहरुको विकासले ग्रामीण उपजहरुलाई बजारसम्म लैजान, बजारका उत्पादनहरु गाउँसम्म पु¥याउन, ग्रामीण क्षेत्रमा नै उद्यमशिलताको विकास गर्न सहज भएको भन्दै मन्त्री दाहालले प्राप्त विकास र अवसरहरुलाई आर्थिक उपार्जनसँग जोड्न आवश्यक रहेको पनि बताए ।
लेखन, साहित्य, सिर्जना जस्ता विषयहरुले समाजलाई सकारात्मक दिशा दिन सक्ने भएकाले बिचार र सिर्जना मार्फत समेत सकारात्मक धारणाहरुको विस्तार गर्न सकिने उनले बताए । कार्यक्रममा डा. भगवान कोइराला सहित विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment