बैठक नबोलाई नागरिक उन्मुक्तिमा बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मा

डिसी नेपाल
११ साउन २०८२ १६:४४
236
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कमिटी बैठक नबोलाएरै वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरे पनि अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वास्थ्यलाई कारण देखाउँदै वरिष्ठ नेता बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन्।

शुक्रबार बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन अल्टिमेटम दिएका थिए। रञ्जिताले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छिन्।

‘मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको छ,’ उनले कार्यबाहक तोकिएको पत्रमा लेखेकी छिन्।

अध्यक्ष श्रेष्ठले बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेर साउन १० गतेको मितिमा लेखेको पत्र केन्द्रीय कार्यसमिति, सबै प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिलाई बोधार्थ गरिएको छ।

पूर्वमन्त्री श्रेष्ठ घुसकाण्ड विवादमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएकी छन्। त्यसयता पार्टीभित्र उनको आलोचना बढेको छ। घुस प्रकरणमा अध्यक्ष श्रेष्ठले सार्वजनिक प्रस्टीकरण दिएकी छैनन्।

यो पनि पढ्नुहोस्,

घुस मागेको अडियो पुष्टि गर्ने बलियो आधार भेटियो, आरोपी पूर्वमन्त्रीहरू लगातार अख्तियार धाउँदै


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *