पूर्वराष्ट्रपतिको सम्मानमा सदस्यता नविकरण नगरिएको हो : महासचिव पोखरेल

डिसी नेपाल
११ साउन २०८२ १७:१७
100
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्वारा आयोजित जातीय घटक संघको विस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो कुरामा जोड दिएका हुन्।

हरेक आदिवासी समुदायको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए।

‘आदिवासी जनजातीको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौं । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिए पनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने, `प्रत्येक समुदायले लामो समयदेखि अंगिकार गरेको परम्परागत प्रर्णालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आप्mना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातीको आर्थिक समृद्धि टाढा छैन।’ 

हरेक समुदायको सामाजिक विकासलाई भाषा, संस्कृती र सामाजिकताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै महासचिव पोखरेलले हामीले गर्ने आधुनिक विकासले तिनै चिजलाई एकै साथ अघि बढाउन नसकेकै कारण हाम्रो विकासको मोडेल अपेक्षित प्रभावकारी हुन नसकेको दाबी गरे।

यस्तै उनले नेपालका आदिवासी जनजातीलाई पार्टीको नीतिगत रुपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताएका छन्। इतिहाँसलाई हेर्ने नजर र नेपाली समाजको विवेचना गर्ने दृष्टिकोणबाट एमालेको स्थापना र विकास भएको भनाई उनको थियो।  

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विष्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातीलाई चिन्ने कामको शुरुवात भएको बताए। पोखरेलले त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *